पोखराको नागढुंगामा दुर्घटना हुदाँ एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     मंसिर २७ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २७ मंसिर/ पोखरामा बुधबार राति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर २० घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी बस्ने ३१ वर्षीय प्रदीप राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुङ्गास्थित सडकमा ग१ख ३७५४ नम्बरको बसले र बा प्र०४४ प ८७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



Tags: