
बोल्न पाइने अधिकार छ भन्दैमा प्रतिशोध राखेर बोल्न पाइदैन प्रधानन्याधिश राउत
पोखरा, २५ मंसिर/प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्न गर्न पाइने र बोल्न पाइने अधिकार सबैमा रहेको बताएका छन् । मानव अधिकार दिवसका अवसरमा पोखरामा आयोजना भएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रश्न गर्न पाइने नाममा आग्रह, पुर्वाग्रह र प्रतिशोध राखेर प्रश्न गर्न नपाइने बताए ।
उनले लोकतन्त्र, बहुलबाद र खुल्ला समाजमा प्रश्न गर्न पाइने बताउदै प्रश्न गर्न पाइने नामा नाजायज, आग्रह, पुर्वाग्रह र प्रतिशोध राखेर प्रश्न गर्न नपाइने बताए । त्यो क्षम्य पनि हुन नसक्ने र त्यो छलफलको विषय पनि हुन नसक्ने बताए ।
उनले मानव अधिकारको रक्षाका पक्षमा वकिलहरुले वकालत गर्दै आएको बताए । प्रधानन्यायाधीश राउतले अधिवक्ताहरुले मानवअधिकार रक्षाका लागि उत्तम अध्यास गरेको बताए । उनले न्यायलाई सेन्टरमा राखेर वकालत गर्नु पर्ने बताउदै अधिवक्ताहरुको संख्याले नभै उनीहरुले गर्न कामले न्यायलको गरिमा बढ्ने बताए ।
कार्यक्रममा महान्यायाधिवक्ता रमेश वडालले सरकारले विभिन्न कानूनहरुको सम्शोधनका लागि काम आगडी बढी रहेको बताए । नेपाल बार एसेसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरे अहिले बार र बेन्चको बिचमा टकराब भएको भनीए पनि टकराब नरहेको बताए ।
उनले बार र बेन्च बिच टकराब हुनै नहुने बताए । कार्यक्रमा अधिवक्ताहरुले न्यायपालिकाको पूर्नसंरचना आवश्यक रहेको बताए ।





