पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा अर्जुनबहादुर थापा

-


     क्लिक गण्डकी     
     मंसिर २३ गते २०८१ मा प्रकाशित


पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा अर्जुनबहादुर थापा

पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा अर्जुनबहादुर थापा

पोखरा, २३ मंसिर/ पोखरा हार्डवयर एसोसिएसन कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा अमरबहादुर केसी र चन्द्रप्रसाद अधिकारी, महासचिवमा प्रतापराज पौडेल, सचिवमा रामेश्वर आचार्य, कोषाध्यक्षमा मनोजकुमार अधिकारी निर्वाचित भए ।

समितिको सदस्यमा बलबहादुर कुँवर, सुलोष कुँवर, दीपक पौडेल, विनोद केसी र हेमराज लम्साल छन् । सदस्यमा शिवराज बास्तोला र महादेव गिरी मनोनीत भए ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्ग शुभकामना दिए ।

पृथ्वीराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव कृष्णप्रसाद कोइरालाले सञ्चालन गरेका थिए ।