समाचार

इमेज सहकारी ठगीका आरोपी मेयर देवकुमार दिल्लीबाट पक्राउ

देवकुमार नेपाली
पोखरा, ११ असोज /इमेज सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा र पोखराको सिर्जनाचोकमा समेत शाखा… पुरा पढौ

टेवानद्धारा चौतारीहरु सरसफाइ

टेवानद्धारा चौतारीहरु सरसफाइ
पोखरा, ११ असोज/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विश्व पर्यटन दिवसको सन्दर्भमा बिहीबार पोखरा महानगरको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र वरपरका चौतारीहरुमा सरसफाइ गरेको छ । ४५ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा टेवानका सदस्य र पदाधिकारीले चौतरीका फोहोर हटाएर सफा बनाएका हुन् । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्राध्यापक दीपेन्द्र पहारी कार्यक्रममा सरिक थिए । विश्व पर्यटन दिवस शुक्रबार विविध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । यसपालिको पर्यटनको नारा पर्यटन र शान्ति तय भएको छ । टेवान अध्यक्ष… पुरा पढौ

भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम
पोखरा, १० असोज/ गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै निकायलाई आग्रह गरेका थिए । उक्त पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास… पुरा पढौ

पोखराको लामाचौरमा ट्रक दुर्घटना हुदाँ पसल भित्र पस्यो

पोखराको लामाचौरमा ट्रक दुर्घटना हुदाँ पसल भित्र पस्यो
पोखरा, १० असोज/ भुर्जुङ्खोलाबाट पोखरा आउदै गरेको ट्रक पोखरा १६ लामाचौर पानी ट्याङ्कि अमला बिसौनी चौतारो चोकामा दुर्घटना भएको छ । भुर्जुङखोला बाट राती ३ बजे घार्मी हुँदै पोखरा आउदै गरेको कटिङ ढुङ्गा बोकेको ट्रक दुर्घटनामा परेको हो । ओभर लोड ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किन पुगि पुर्बितर्फ रहेको गोबिन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो । ग १ ख ५२५८ नम्बरको ट्रकले वसन्त खड्काले सञ्चालन गरेको फ्रेश हाउसमा क्षती पुगेको छ । चालक राजु गिरीको खुट्टा… पुरा पढौ

साढे दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक

साढे दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक
पोखरा, ९ असोज/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू भएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो । कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७… पुरा पढौ

कास्कीका प्रहरी प्रमुख फेरिए, मोहनको ठाउँमा श्यामबाबु

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, ८ असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलिया सरुवा भएका छन् । उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् । त्यसै गरी नेपाल प्रहरी प्रदेश कार्यालयक पोखरा कास्की अपराध अनुसन्धान शाखाका यादब ढकालको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा… पुरा पढौ

पोखराबाट १०३ वटा च्याङ्ग्रा चोरी आरोपमा एक जना पक्राउ

पोखराबाट १०३ वटा च्याङ्ग्रा चोरी आरोपमा एक जना पक्राउ
पोखरा, ८ असोज/ पोखराबाट १०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो । असोज १ गते सो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेको आरोप छ । फकिर सहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी अभियोगमा छविलाल जोशीलाई ५ दिन हिरासतमा अनुमति

छविलाल जोशी
पोखरा, ७ असोज/ सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । जोशीलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु… पुरा पढौ

पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी

पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी
पोखरा, ७ असोज/ पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी भैरहेको छ । जिल्ला प्राशसन कार्यालय कास्की अगाडी रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले एकातिर प्रदर्शन गरेका छन् भने रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकार विरुद्ध नाराबाजी गरे । पोखरामा जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी गरे । सहकारीको पैसा गोर्खा मिडिया मार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन… पुरा पढौ

पोखरामा नगद २ लाख सहित झोला फेला, प्रमाणसहित लिन आउन प्रहरीको अनुरोध

पोखरामा नगद २ लाख सहित झोला फेला, प्रमाणसहित लिन आउन प्रहरीको अनुरोध
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका वडा १३ भद्रकाली स्थित पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयको भवन भित्र दुई लाख नगद सहितको झोला फेला परेको छ । वडा कार्यालयका सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको भिर्ने झोलामा फेला पारेको हो । अपरिचित व्याक्तिले छाडी गएकोमा हालसम्म कोही कसैले दाबी गर्न नआएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको प्रहरीले जानकारी… पुरा पढौ