समाचार

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने
पोखरा, १७ असोज/ गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । ‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति… पुरा पढौ

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष
पोखरा, १६ असोज/ जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय वगर र अस्थायी ट्राफिक पोष्ट वगरको निगरानिमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज… पुरा पढौ

कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

कास्कीकोटमा शनिबार दहीको होली
पोखरा १६ असोज /कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए । घटस्थापनाको दिन… पुरा पढौ

आज रातिदेखि डीभी फारम खुला (कहाँ गएर भर्ने)

आज रातिदेखि डीभी फारम खुला
पोखरा, १६ असोज/ अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि दिने डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।डिभीमा अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजे… पुरा पढौ

असोज १६ गते पोखरामा ८ देखी १ बजे सम्म विद्युत अवरुद्ध हुने

पोखरा, १६ असोज/ असोज १६ गते पोखरामा ८ देखी १ बजे सम्म विद्युत अवरुद्ध हुने पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तरगत कुँडहर १३२/११ के भि सव स्टेशनको कन्ट्रोल रूम भित्र Underground Cable Laying तथा चार्जिङ कार्य गर्नको लागि कुडहर सब्स्टेसन बाट संचालित ११ के.भी. फेवा इन्कमर फिडर भोलि २०८१-०६-१६ गते बिहान ८:०० बजे देखी दिउँसो १:०० बजे सम्म सटडाउन हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा सूचित गरिन्छ। यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा… पुरा पढौ

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत
पोखरा, १५ असोज / राष्ट्रिय समाचार समिति९रासस०का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो । पोखराका… पुरा पढौ

सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगि आरोपमा १ जना पक्राउ

लिला पछाई
पोखरा, १५ असोज/ पोखरा महानगरपालिका ४ नालाकोमुखमा कार्यालय रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको ठगि आरोपमा थप एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरेको आरोपमा ललितपुर १५ खुमलटार बस्ने ३२ बर्षीय लिला पछाई लाई पक्राउ गरेको हो । पछाईले सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा… पुरा पढौ

भोलिदेखी फेरि देशभर पानी पर्ने

स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध
पोखरा, १५ असोज/ आज देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाको बुलेटिनमा उल्लेख छ । भोली अथार्त बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुने जनाइएको छ । कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राती कोशी… पुरा पढौ

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ
पोखरा, १४ असोज/ कास्की प्रहरीले अबैध चाँदीका ६ किलो गरगहना सहित १ जनालाई पक्राउ गरेको छ । भारतिय नागरिकले अबैध रुपमा चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरीक हाल पोखरा महानगरपालिका नयाँबजार बस्ने ३५ बर्षीय चन्द्र भूषण प्रसादलाई पक्राउ गरेको हो । पछाडी भिरेको झोलाभित्र… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो (पोखरामा कति)

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो पोखरामा कति
पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य… पुरा पढौ