
भूकम्प
पोखरा, ६ पुस/ बाजुरा केन्द्रविन्दु बनाएर शनिबार बिहान ५ दशमलव २ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान ४ बजेर १४ मिनेटमा बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिको विवरण आउन बाँकी छ ।
पुस ४ गते मनाङमा मंसिर ६ गते ४ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस अगाडी बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो ।







