
वडा प्रहरी कार्यालय बैदानको भवन उद्घाटन, समाजको सहयोगमा प्रहरी सफल प्रहरी महानिरीक्षक कुँबर
पोखरा, २० मंसिर/ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँबरले समाज हुने अपराधका घटना न्युनीकरण गर्न सबैका साथ आवश्यक रहने बनाएका छन् ।
धेरै घटना परिवार भित्र हुने भएका कारण त्यस्ता घटनाहरु न्युनिकरणका लागि समाजको सहयोगी हुने बताए । वडा प्रहरी कार्यालय पोखरा ७ मा नव निर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँबरले समाजमा हुने घटनाहरु प्रहरी एक्लै नियन्त्रण गर्न नसक्ने बताउदै स्थानीय तह र समाजको सहयोग आवश्यक रहने बताए ।
महानिरीक्षक कुँबरले लागूऔषध नियन्त्रणका लागि प्रहरी लागि परेको बताए । लागूऔषध नियन्त्रणका लागि सचेनामुलक, दण्डात्मक कार्यक्रम सञ्चालन गरेको बताए ।
१० करोड ६० लाखको लागतमा बनेको भवनमा प्रहरी कार्यालयको आवश्यक पर्ने प्रशासनीक भवन, महिला र पुरुष हिरासत कक्षहरु, गार्ड रुम र पहिलो तल्लामा बालबालिका हिरासत कक्ष, भण्डारण कक्ष र प्रबन्ध शाखा त्यसै गरी प्रहरी जवान र प्रमुखको निवास रहेको छ । भवन नहुदाँ टिनको चुहिने कोठामा बस्नु पर्ने बाध्यता हटेको कास्की प्रहरी प्रमुख एसपि श्याम बाबु ओलियाले बताए ।
पोखरा उत्यका नगर विकास समितिले प्रहरीलाई दिएको ५ रोपनी १२ आदा जग्गामा वडा प्रहरी कार्यालयकाको मुख्य भवन, हिरात भवन छुट्टाछुट्टै निमार्ण भएका छन् । कार्यक्रममा भवनका बनाउन सहयोग पु¥याउने सामाजीक व्यक्तित्व, प्रहरी लगाएतलाई महानिरीक्षक कुवँरले सम्मान गरे ।





