लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको दोस्रो क्याविनेट बैठक आज देखी
पोखरा, १४ मंसिर/ सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको क्याविनेट बैठक पोखरामा आजबाट शुरु हुदैछ ।
लायन्स क्लब अफ मुनालको आयोजना तथा लायन्स क्लब अफ मर्दीको सहआयोजनामा दुई दिन सम्म पोखरामा डिस्ट्रिक्ट ३२५ एलको दोस्रो क्याबिनेट बैठक हुन लागेको हो ।
लायन्सको क्याविनेट बैठकमा लाइन्स क्लबका ५ सय ५० जनाले सहभागिता जनाउने रजिस्टे«शन समितिका संयोजक राजु अधिकारीले जानकारी दिए । शुक्रबार क्याविनेटको मिटिङमा विभिन्न विषयमा छलफल हुनेछ ।
त्यसै गरी सदस्यहरुका लागि मोटिभेसनल स्पिच, आयुबेद सम्मबन्धी जानकारी र व्यवसायमा सफलताका कथाहरु सुनाएर प्रशिक्षण दिने लाइन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ एलका डिष्ट्रिक गभर्नर सुमन भट्टले जानकारी दिए । त्यसै गरी शनिबार अवार्ड वितरण र सम्मान कार्यक्रम हुने उनले बताए । त्यसैगरी डिष्ट्रिक गभर्नर वार्षिक कार्ययोजना प्रस्तुत गर्ने छन् ।
सन् १९१७ मा सिकागोमा सुरुवात भएको लायन्स क्लब संसारभर करिब ५० हजार क्लबहरुमा करिब १४ लाख सदस्य आवद्ध छन् । नेपालमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोईरालाले १९७१ मा लायन्स क्लब भित्र्याएका थिए । हाल नेपालमा करिब २ हजार क्लबमा ४५ हजार भन्दा बढि सदस्य आवद्ध छन् ।