रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८१ मा प्रकाशित


काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो

रवि लामिछाने

पोखरा, ९ मंसिर/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागेको हो ।

आज पनि प्रहरीले म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप गरेर क्रमशः उनलाई काठमाडौँ र चितवन लैजाने प्रहरीको तयारी छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछानेको बयान भैसकेको छ ।

लामिछाने सगँ पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि म्याद थपका लागि लैजाने प्रहरीले जानकारी दिएको छ ।