
प्राईम सहकारी ठगी सम्बन्धी कसूरमा थप १ जना मानिस पक्राउ
पोखरा, ११ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी थप एक जना पक्राउ गरेको छ ।
तनहुँ व्यास नगरपालिका वडा नम्बर १० का ५६ बर्षिय शंकर नारायण श्रेष्ठलाई मंसिर ८ गते कास्की प्रहरीको टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ ।
अदालतबाट मंसिर ११ गते ५० लाख धरौटी माग गरेकोमा रकम तिर्न नसकी कारागार चलान भएको छ।





