
पोखराको बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन
पोखरा, १२ मंसिर/ पोखरा १७ बिरौटामा स्केटिङ पार्क तथा प्ले जोन सञ्चालनमा आएको हो । स्केटिङको समाजसेवी नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका सञ्चालक नारायणप्रसाद पौडेलले उद्घाटन गरे ।
वैदेशिक रोजगारीबाट फर्केका ४ युवाले लगानी गरे स्केटिङ सञ्चालनमा ल्याएका हुन् । कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट/भाट समाज नेपाल कास्की अध्यक्ष सूर्यबहादुर रानाभाट लगायतले युवा पलायन बढिरहेका बेलामा देशमै केही गर्छु भन्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।
११ वर्ष कोरियामा रोजगारी गरी नेपालमै केही नयाँ व्यवसाय गर्ने सोच भएका घैलेन्द्र केसी, मिलन कार्की, सुनील पौडेल र सर्वोदय ढकालको लगानीमा वडा नम्बर १७ को कार्यालय नजिक स्केटिङ पार्क तथा प्ले जोन खुलेको हो ।
यसमा स्केटिङ, स्लाइडिङ इन बल, ट्राम पोलिङ, क्लाइम्बिङ, बुल राइड र जम्पिङ खेलको मज्जा लिन मिल्छ । स्केटिङमा एक पटक ६० जना सम्मले खेल्न सक्ने छन् ।





