भारतको दिल्लीबाट पोखरा विमानस्थलमा चार्टर्ड उडान हुँदै

-


     क्लिक गण्डकी     
     मंसिर १३ गते २०८१ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, १३ मंसिर/ भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ ।

दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् ।

पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरण हुने तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने छ ।

दुई वर्षको अवधिमा आज सहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने लागेको हो । आगामी डिसेम्बर २६ मा पनि चिनबाट चार्टर्ड उडान हुने तालिका छ ।



Tags: