#पोखरा विमानस्थल

भारतको दिल्लीबाट पोखरा विमानस्थलमा चार्टर्ड उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १३ मंसिर/ भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरण हुने तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने छ । दुई वर्षको अवधिमा आज सहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने लागेको हो । आगामी डिसेम्बर २६ मा पनि चिनबाट… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उडान

पोखरा अन्तराष्ट्रि विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उठान
पोखरा, २३ भदौ/ भुटानको ड्रुक एयर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गरेको छ । चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए । भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भएको थियो… पुरा पढौ

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास
पोखरा, २ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७ महिनापछि हवाई इन्धन डिपोको निर्माण सुरु भएको छ । अग्रेजी नयाँ वर्ष अथार्त गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डिपोको शिलन्यास गरे । ३६ लाख लिटर हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । विमानस्थल परिसरभित्र डिपो नहुदा पोखरा विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको… पुरा पढौ

‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान कहिले हुन्छ ?’

सुदन किराँती
पोखरा, ५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले बिहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताए । उनले चीन र भारतका महामहिमहरुसँग कुरा गरेको बताए । मन्त्री किराँतीले हवाई सम्बन्ध बिस्तारका लागि कुटनीतिक पहल भईरहेपनि परिणाम भने आउन समय लाग्न सक्ने बताए । मन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा… पुरा पढौ

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न कम्पनीको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २६ मंसिर/ पोखरा अन्तराष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट उडानका तयारी हुदाँ रहदा विभिन्न एयरलाइन्सले उडानका लागि चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उठानका लागि नेपाली हवाइ कम्पनी उडानका तयारी गर्दा र विदेशी हवाइ कम्पनीले चासो देखाएका छन् । विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइएयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुद्ध एअर र हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । विमानस्थलमा साना र ठूला गरी ११… पुरा पढौ

क्यालिब्रेसन उडानका कारण पोखरा विमानस्थल एक साता प्रभावित हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण एक सातासम्म नियमित उडान प्रभावित हुने भएको छ । मंसिर ५ गतेदेखि १२ गतेसम्म एरोथाइ जहाजले दैनिक अधिकतम पाँच घण्टाको समय क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ । यस समयमा पोखराको पुरानो आन्तरिक विमानस्थलबाट हुने नियमित उडान समेत प्रभावित भएका छन् । पोखरालाई गन्तव्य बनाएर उडान गरिरहेका वायुसेवाहरूले उडानमा असर पर्ने भन्दै यात्रुहरूलाई सूचना जारी गरेका छन् । यती एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै क्यालिब्रेसन अवधिभर उडान प्रभावित हुने बताएको छ… पुरा पढौ

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर… पुरा पढौ

पोखरा विमानस्थलमा तेलको ट्याङकर पल्टिएदा १ घण्टा उडान–अवतरण अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्याङकर पल्टिएदा
पोखरा, १७ जेठ/ पोखरा विमानस्थलमा तेलको ट्याङकर ‘रिफ्युलर’ पल्टिएदा १ घण्टा उडान–अवतरण अवरुद्ध भएको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहेताले ९ बजे उठाएपछि उडान–अवतरण शुरु भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । बिहान जहाजमा तेल भर्न आएको ट्याङकर रनअवयमा नआउदै पल्टिएको हो । आयल निगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र ट्याङकर घाँसे मैदानमा पल्टिएको हो । केही तेल घाँसे मैदानमा बगेको थियो । पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाजहरु सञ्चालनमा आएको उनले… पुरा पढौ