‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान कहिले हुन्छ ?’

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०७९ मा प्रकाशित


सुदन किराँती

सुदन किराँती

पोखरा, ५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले बिहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताए ।

उनले चीन र भारतका महामहिमहरुसँग कुरा गरेको बताए । मन्त्री किराँतीले हवाई सम्बन्ध बिस्तारका लागि कुटनीतिक पहल भईरहेपनि परिणाम भने आउन समय लाग्न सक्ने बताए ।

मन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताए । उनले हवाई सेवामा सुरक्षाको ज्ञारेण्टी हुने वातावरण निर्माणका लागिपनि निर्देशन दिइसकेको बताए ।

पोखरा विमानस्थलमा झरेपछि चर्को ट्क्यासी भाडा तिर्नु परेको गुनासो आएको भन्दै त्यसका लागि विमानस्थल व्यवस्था गर्ने बताए । अर्को प्रशंगमा उनले राष्ट्रपतिका लागि राष्ट्र नै एकढिक्का बनाएर लैजान आफ्नो पार्टी लागेको बताए ।



Tags: ,