क्यालिब्रेसन उडानका कारण पोखरा विमानस्थल एक साता प्रभावित हुने

-


     क्लिक गण्डकी     
     मंसिर २ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण एक सातासम्म नियमित उडान प्रभावित हुने भएको छ ।

मंसिर ५ गतेदेखि १२ गतेसम्म एरोथाइ जहाजले दैनिक अधिकतम पाँच घण्टाको समय क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ । यस समयमा पोखराको पुरानो आन्तरिक विमानस्थलबाट हुने नियमित उडान समेत प्रभावित भएका छन् ।

पोखरालाई गन्तव्य बनाएर उडान गरिरहेका वायुसेवाहरूले उडानमा असर पर्ने भन्दै यात्रुहरूलाई सूचना जारी गरेका छन् । यती एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै क्यालिब्रेसन अवधिभर उडान प्रभावित हुने बताएको छ ।

मंसिर ५ गते देखी १२ गते सम्म पोखराको पुरानो विमानस्थलबाट विहान १० बजे सम्म र दिऊसो १ बजे देखी २ः३० बजे सम्म मात्रै उठान हुने विमानस्थलले जनाएको छ ।



Tags: