पोखरा विमानस्थलमा तेलको ट्याङकर पल्टिएदा
पोखरा, १७ जेठ/ पोखरा विमानस्थलमा तेलको ट्याङकर ‘रिफ्युलर’ पल्टिएदा १ घण्टा उडान–अवतरण अवरुद्ध भएको छ ।
बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहेताले ९ बजे उठाएपछि उडान–अवतरण शुरु भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
बिहान जहाजमा तेल भर्न आएको ट्याङकर रनअवयमा नआउदै पल्टिएको हो । आयल निगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र ट्याङकर घाँसे मैदानमा पल्टिएको हो । केही तेल घाँसे मैदानमा बगेको थियो ।
पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाजहरु सञ्चालनमा आएको उनले बताए ।