मंसिर अन्तिम साता लान्द्रुकमा ‘हनी हन्टिङ’

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८१ मा प्रकाशित


मंसिर अन्तिम साता लान्द्रुकमा ‘हनी हन्टिङ’

मंसिर अन्तिम साता लान्द्रुकमा ‘हनी हन्टिङ’

पोखरा, ९ मंसिर/ मंसिर अन्तिम साता कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकका मंसिर २२ देखी २४ गते सम्म महोत्सव हुन लागको हो ।

बर्सेनि भीर मौरीको मह काढिँदै आए पनि पछिल्लो समय महोत्सवका रूपमा मनाउदै आएको छ । गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले २६ वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताएका छन् ।

यस वर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको लान्दुका पोखरा सम्पर्क समितिका अध्यक्ष शुक प्रसाद गुरुङले बताए ।

भिरमैरिको मह राम्रो हुदाँ २ सय लिटर सम्म आउने उनले बताए । त्यसलाई उनीहरुले लिटरका ३ हजार रुपैयामा विक्रि हुदै आएको बताए ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने लान्द्रुकमा अहिले १३ वटा होटल र १० घरमा होमस्टे सञ्चालन छ । महोत्सवमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, पञ्चेबाजा र नौमती बाजा प्रदर्शन लगायतका कार्यक्रम समेत आयोजना गरिएका छन् ।

अन्नपूर्ण आधार शिविर, र लान्द्रुक– घान्द्रुक– घोरेपानी– पुनहिल पदमार्गमा पर्दछ । लान्द्रुकमा हनी हन्टिङ हेरेर घुम्न जान चाहनेलाई ३ वटा पदमार्ग पुग्न सकिन्छ ।



Tags: