
रवि लामिछानेलाई काठमाडौं लगियो तस्बिरः फेसबुकबाट
पोखरा, १३ मंसिर/ सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं लगिएको छ । उनलाई साझँ बुद्ध एयरको जाहजबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई आरोपित गरेर जाहेरी दिएपछि अनुसन्धानका लागि काठमाडौं लगिएको उनले बताए । लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ ।
रविलाई अहिले पोखरका सुर्यदर्शन सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेको छ । यस अगाडी कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि पोखरा ल्याएको थियो । अहिले काठमाडौंपछि चितवन लैजाने प्रहरीको भनाई छ ।
विभिन्न सहकारीको रकम गोर्खा मिडियामा रकम गएको र त्यसको अपचलमा रविको संलग्नता, सम्पति सुद्धिकरण लगाएतमा प्रहरीले छानविन गरिरहेको छ ।





