समाचार

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत
पोखरा, १५ असोज / राष्ट्रिय समाचार समिति९रासस०का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो । पोखराका… पुरा पढौ

सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगि आरोपमा १ जना पक्राउ

लिला पछाई
पोखरा, १५ असोज/ पोखरा महानगरपालिका ४ नालाकोमुखमा कार्यालय रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको ठगि आरोपमा थप एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरेको आरोपमा ललितपुर १५ खुमलटार बस्ने ३२ बर्षीय लिला पछाई लाई पक्राउ गरेको हो । पछाईले सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा… पुरा पढौ

भोलिदेखी फेरि देशभर पानी पर्ने

स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध
पोखरा, १५ असोज/ आज देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाको बुलेटिनमा उल्लेख छ । भोली अथार्त बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुने जनाइएको छ । कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राती कोशी… पुरा पढौ

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ

अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ
पोखरा, १४ असोज/ कास्की प्रहरीले अबैध चाँदीका ६ किलो गरगहना सहित १ जनालाई पक्राउ गरेको छ । भारतिय नागरिकले अबैध रुपमा चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरीक हाल पोखरा महानगरपालिका नयाँबजार बस्ने ३५ बर्षीय चन्द्र भूषण प्रसादलाई पक्राउ गरेको हो । पछाडी भिरेको झोलाभित्र… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो (पोखरामा कति)

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो पोखरामा कति
पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य… पुरा पढौ

नेपालमा भारी वर्षाले यात्रा प्रभावित, चाइना साउदर्न एयरलाइन्सले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्यो

चाइना साउदर्न
काठमाडौं, १३ असोज/ नेपालपछिल्लो समय नेपालमा परेको भारी वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा गम्भीर असर पारेको छ। चाइना साउदर्न एयरलाइन्सले तुरुन्तै प्रतिक्रिया जनाउँदै उडान सञ्चालनको सुरक्षा र स्थिरता सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको छ, र यात्रुहरूको यात्रा अधिकार र हितको रक्षा गर्दै आएको छ।सेप्टेम्बर २७ को साँझ, ग्वाङ्जाओबाट काठमाडौँका लागि उडान गर्ने चाइना साउदर्न एयरलाइन्सको CZ ३०६७ विमानले खराब मौसमका कारण सामान्य अवतरण गर्न सकेन। अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने वा फर्कने निर्णय गरे पनि, चाइना साउदर्न एयरलाइन्सले बंगलादेशको… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव हुने

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव हुने
पोखरा, १४ असोज/ पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दशैँ अवसरमा नवदुर्गा महोत्सवको तयारी अगाडी बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ हुने छन् । असोज १७ देखी २५ गते सम्म महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनले महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिने छ । उनले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट
पोखरा, १४ असोज/ गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् – मुख्यमन्त्री पाण्डे

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् स् मुख्यमन्त्री पाण्डे
पोखरा, १४ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने… पुरा पढौ

पाल्पाबाट पोखरा हुदै काठमाडौं हिडेको बस दुई दिन देखी सम्पर्कविहीन

पाल्पाबाट पोखरा हुदै काठमाडौं हिडेको बस दुई दिन देखी सम्पर्कविहीन
पोखरा, १३ असोज/ पाल्पा अगाहाखोलाबाट पोखरा हुदै काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग२ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो । अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनीले प्रहरीले जानकारी गएका छन् । मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ । बसमा १८ देखि २० जना यात्रु रहेका थिए । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा बस पुरिएको अवस्थामा… पुरा पढौ