समाचार

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड
पोखरा, १० कात्तिक/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा रोयल्टी बाँडफाँड समन्यायिक हुनुपर्नेमा त्यो हुन नसकेको बताउँदै वक्ताहरूले बर्तमान अवस्थामा रोयल्टी वितरणमा असमानता देखिएको धारणा राख्नुभयो । कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका सदस्य डा.जुुद्धबहादुर गुरुङले प्राकृतिक स्रोतको विद्यमान प्रतिशत निर्धारणको पुनरावलोकनका साथै आधारहरू तय गर्ने सन्दर्भमा सम्बद्ध पक्षहरूसँग छलफल एवम् अन्तरक्रिया बढाइएको… पुरा पढौ

पोखरामा चोरी आरोपमा २ जना पक्राउ

पोखरामा चोरी आरोपमा २ जना पक्राउ
पोखरा, ९ कात्तिक/ पोखरा महानगरपालिका वडा ८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री, एउटा घडी र नगद समेत चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कात्तिक १ गते भएको चोरीमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखा भिमसेन ६ का घर भई पोखरा महानगरपालिका वडा नम्बर १५ घलेचोक बस्ने ३९ बर्षिय राम बहादुर नेपाली र २६ बर्षिय गोमा गुरुङलाई पक्राउ गरेको हो । चोरी भएको सुनको सिक्री दुई टुक्रा पारिएको अवस्थामा १ थान, घडी… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान शनिबार बिहान

रक्तदान
पोखरा, ९ कात्तिक/ एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको… पुरा पढौ

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते, तीनको अवस्था गम्भिर

धादिङमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते, तीनको अवस्था गम्भिर तस्बिरः सामाजीक सञ्जालबाट
पोखरा, ९ कात्तिक/ काठमाडौंबाट चितवनको कुरिनटार आउदै गरेको इभि माइक्रो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । रिजर्भ गरेर मनकामना दर्शनका लागि जाँदै गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । पुरा पढौ

होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुबेदी

होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुबेदी
पोखरा, ९ कात्तिक/ होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनः लक्ष्मण सुबेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१ औ अधिवेशन तथा ४२ औ साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए । सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको… पुरा पढौ

काठमाण्डौं देखि दौडिएर पोखरासम्म

काठमाण्डौं देखि दौडिएर पोखरासम्म
पोखरा, ८ कार्तिक/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले करिब साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गर्नु भएको छ ।… पुरा पढौ

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा
पोखरा, ७ कात्तिक/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए । जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा… पुरा पढौ

छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने तेजन गुरुङ सम्मानीत

छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने तेजन गुरुङ सम्मानीत
पोखरा, ६ कात्तिक/ हिमाल आरोहणको छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई सम्मान गरिएको छ । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो । गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् । पुरा पढौ

पठाओ कार रेन्टलु सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

पठाओ कार रेन्टलु सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने
पोखरा, ६ कात्तिक/ राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा पठाओ कार रेन्टलु सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकता अनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् ।… पुरा पढौ

ल्वाङ गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क

ल्वाङ गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क
पोखरा, ४ कात्तिक/ कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको… पुरा पढौ