पोखरा महानगरपालिकामा एमालेको प्रदर्शन, विशेष नगरसभा माग

-


     क्लिक गण्डकी     
     कार्तिक २८ गते २०८१ मा प्रकाशित


एमालेको आन्दोलनका क्रममा पोखरा महानगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल भर्ना

एमालेको आन्दोलनका पोखरा महानगर

पोखरा, २८ कात्तिक/ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिका दिनहुँ प्रर्दशन गर्दै आएका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलितमा छ ।

करार कर्मचारी हटाएको विरोधमा नेकपा एमालेबाट निर्वाचीत जनप्रतिनिध र कर्मचारीले पोखरामा महानगरपालिकामा प्रर्दशन गर्दै आएका छन् । बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।

उनले महानगरपालिका प्रमुख धनराज आचार्यले समस्या समाधानका लागि भन्दै समय मागेपनि माग सम्बोधन हुन नसकेको बताइन् । समस्या समाधानका लागि भन्दै महानगरले बुधबार बनाएको सहजिकरण समिति मान्य नहुने उनको भनाई छ । दरबन्दी भन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न तथा महानगरको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागू गर्न उनको माग छ ।

कांग्रेसले जुनसुकै हालतमा करार कर्मचारी हटाउनुपर्ने बताएको छ भने एमाले हटाउन नहुने पक्षमा छ । लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएपछि करार कर्मचारी कार्यरत छन् । कात्तिक १५ को ३७ औं कार्यपालिका बैठकले २८ जना प्राविधिकलाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो । एमालेले उक्त बैठक बहिष्कार गरेको थियो भने अहिले कर्मचारी हटाउन नहुने भन्दै दैनिक आन्दोलन गर्दै आएको छ । काग्रेस भने करार कर्मचारीहरु ह्टाउनु पर्ने भन्दै आएको छ ।

पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको कर्मचारी विवाद समाधानका लागि समिति गठन गरिएको छ । महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्षर सदस्य सम्मिलित समिति गठन गरिएको हो । उनीहरुलाई समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ ।

मंसिर १ गते कर्मचारी हटाउने निर्णय गरेका मेयर धनराज आचार्य समिति गठनको नाममा थाथुम पार्ने योजनामा देखिएका छन् । उनले कर्मचारी समस्या डेढवर्षभित्र समाधान गर्ने र २८ जना प्राविधिक मंसिर १ देखि हाजिर गर्न नदिने बताएका थिए । गठन गरेको समितिका केही सदस्यले भने अस्वीकार गरेका छन् । नगरसभामा एमाले बहुमत छ भने कार्यपालिकामा कांग्रेसको बहुमत छ । मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।



Tags: