सहाराको देउसीभैलोबाट १२ लाख संकलन

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


सहाराको देउसीभैलोबाट १२ लाख संकलन

सहाराको देउसीभैलोबाट १२ लाख संकलन

पोखरा, २९ कात्तिक/ सहारा क्लब पोखराले तिहार अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ स्ंकलन गरेको छ । सहाराले स्थापनाकाल देखि नै नियमित रुपमा देउसीभैलो खेल्दै आएको छ ।

‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ । उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् । यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।



Tags: ,