
दुर्घटना
पोखरा, २८ कात्तिक/ पोखरामा महानगरपालिका वडा नम्बर ३१ लाँकुरीमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
स्कुटर चालक रुकुम पश्चिमको चौरजहारी गाउँपालिका वडा नम्बर १४ घर भएका २३ वर्षीय मौसम पुन मगरको मृत्यु भएको हो ।
बेगनास–भोर्लेटार सडकखण्डमा बा ७९ प ५८७७ नम्बरको स्कुटर सडकबाट खस्दा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीव्र गतिमा चलाइएको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटना एक, दुई दिन अघि नै भएको प्रहरीको अनुमान छ । पुनको शव भिरमा अड्किएको थियो ।





