पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला

-


     क्लिक गण्डकी     
     कार्तिक २७ गते २०८१ मा प्रकाशित


पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला

पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला

पोखरा, २७ कात्तिक/ हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा मेला लाग्ने गर्दछ । सोमबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्न भक्तजनको मेला लागेको छ ।

टाढा टाढा देखी तोरणलाई सेती नदी वारपार टाग्नका लागि आउने गर्दछन् । चौमास बसेर तोण टाग्न आउदा भजनकृतन र बाजाँ सहित भक्तजनहरु आउने गर्दछन् ।

हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान‍् विष्णुको आराधना गरिन्छ ।

असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी शुरु भै कात्तिक शुक्ल एकादशी सम्म चौमास बसेर पुजान गर्ने गरिन्छ । हिन्दु धर्मग्रन्थमा तुलकी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ ।



Tags: