पोखरामा जुवातास खेलिरहेका ७ जना मानिस पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २८ गते २०८१ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २८ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर १६ अमरदिप स्थित गौमाया गुरुङमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।

नगद १ लाख १२ हजार ९० रुपैयाँ र २१२ पत्ति तास सहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हारजित हुनेगरी जुवातास खेलिरहेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिई सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा

१। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ ।
२। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ ।
३। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १६ अमर दिप बस्ने वर्ष ४५ की गौमाया गुरुङ ।
४। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १६ दिप बस्ने वर्ष ३८ की जुनिता भट्टचन ।

५। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ८ सिमलचौर बस्ने वर्ष ४८ की रुपा गुरुङ ।
६। जिल्ला कास्की पोखरा म।न।पा।वडा नं। १३ पाटनबेशी बस्ने वर्ष ४० को हेमजार गुरुङ ।
७। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। २७ अर्घौचोक बस्ने वर्ष ४६ को बुद्धि बहादुर गुरुङ ।



Tags: