गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


विमला गौचन

विमला गौचन

पोखरा, २९ कात्तिक/ गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । डेंगुका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति हृदयाघात भएको थियो ।

उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजेतिर निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ ।

गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । उनको म्यादीमा होटल व्यवसाय रहेको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेकी गौचन म्याग्दीकी हुन् ।

उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।



Tags: