समाचार

गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति पछि आन्दोलन फिर्ता

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
पोखरा, १३ साउन/ गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भए पछि फिर्ता लिएका हुन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । आइतबार सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । समितिमा यातायात… पुरा पढौ

पहिरो घर र फर्म बगाउदाँ गोरखामा ५ जना बेपत्ता

स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु
पोखरा, १३ साउन/ गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुर्दा पाँच जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन त्यस तर्फ गएको प्रशासनले जनाएको छ । बेपत्तामध्ये तीन जना एउटै परिवारका हुन् । थप विवरण आउन बाँकी छ । पुरा पढौ

भेस्टमै मन्त्रालयमा मन्त्री मनाङे, फोटो भाइरल

भेस्टमै मन्त्रालयमा मन्त्री मनाङे, फोटो भाइरल
पोखरा, १२ साउन/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे) सेन्डो भेस्टमै मन्त्रालय भएको फोटो भाइरल भएको छ । छैटौं पटक मन्त्री भएको मनाङे भेस्ट मै मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । केही दिनअघि भेष्ट्मै कार्यकक्षमा बसेर मदिरा समेत खाएर अपशब्द बोलेको कर्मचारीले बताएका छन् । मन्त्रीको सामान्य मर्यादाको समेत ख्याल नगरी भेस्टमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेको उनीहरुको भनाई छ । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न… पुरा पढौ

गण्डकी प्रदेशमा आइतबार सार्वजनीक सवारी बन्द गर्ने

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
पोखरा, १२ साउन/ गण्डकी प्रदेशमा आइतबार सार्वजनीक सवारी बन्द गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशका यातायात व्यवसायीहरू राइड सेयरिङविरुद्ध आन्दोलित गर्दै यातायात बन्द गर्ने घोषणा गरेको हो । निजी सवारी साधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाउन लागेको व्यवसायीहरूको आरोप छ । प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको भन्दै व्यवसायी आन्दोलीत भएका छन् । प्रदेश सरकारले सवारी ऐन… पुरा पढौ

रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेललाई प्रदान

रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेललाई प्रदान
पोखरा, ११ साउन/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सन्तोष पोखरेल सम्मानीत भएका छन् । रेवानको ३० औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनमा पत्रकार सन्तोष पोखरेललाई पुरस्कार प्रदान गरेको हो । पोखरेललाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार सहित सम्मान गरे । पर्यटन पत्रकारिता योगदान पु¥याए बापत पोखरेललाई पुरस्कार प्रदान गरेको हो । यस पुरस्कारबाट यस अगाडी कृष्णमणी बराल, सागर राज तिमिल्सिना,… पुरा पढौ

होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, १० साउन / पछिल्ला महिनाहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तीमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको विज्ञप्तिमा गत २८ असारको विहान नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशुली नदीमा बग्दा भएको धनजनको क्षतिले संघ मर्माहत भएको उल्लेख छ । यसैगरी श्रावण नौ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको… पुरा पढौ

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प

पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
पोखरा, १० साउन/ गण्डकी प्रदेशका यातायात व्यवसायीहरू राइड सेयरिङविरुद्ध आन्दोलित भएका छन् । निजी सवारी साधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाउन लागेको व्यवसायीहरूको आरोप छ । प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको भन्दै व्यवसायी आन्दोलीत भएका हुन् । प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानुन बनाएर व्यवसायीलाई पीडित बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका… पुरा पढौ

सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहा निर्देशक रतिशचन्द्रलाल सुमनको आयोगको संयोजकत्वमा गठन रहेको हो ।त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना… पुरा पढौ

सौर्य एयर दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयर दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु
पोखरा, ९ साउन/ बुधबार भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलायन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ बर्षका छोरा अधिराज शर्माको मृत्यु भएको हो । पोखरा घुम्न जाने भएपछि मनुराजले ससुरा प्रकाश खतिवडालाई फोन गरेर श्रीमती र छोरालाई लैजाने बताएका थिए । पोखरामा सपरिवार घुमेर फर्किने मनुराजको चाहना थियो । मनुराजले सपरिवार पोखरा जाने इच्छा व्यक्त गरेपछि ससुरा प्रकाशले छोरी र नातिलाई विमानस्थल पु¥याइदिएका थिए ।छोरी र नातिलाई विमानस्थल… पुरा पढौ

पोखराका लागि उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना (के भयो र कस्तो जहाज)

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटनामा परेको जनाएको छ । क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ जहाज दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख छ । सौर्य जहाज दुर्घटना ः कति बेला के भयो ? ११ः१५ ः जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत आएको ।११ः३४ ः जहाजका क्याप्टेन मनिसरत्न शाक्यको घटनास्थलबाट उद्धार ।११ः४० ः दुर्घटनास्थलमा लागेको आगो पूरै… पुरा पढौ