पोखराका समाजसेवी दोर्णराज अधिकारीको निधन

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


पोखराका समाजसेवी दोर्णराज अधिकारीको निधन

पोखराका समाजसेवी दोर्णराज अधिकारीको निधन

पोखरा, २० कात्तिक/ समाजसेवी तथा राजनीतिकर्मी दोर्णराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा ५ का पूर्व वडाध्यक्ष अधिकारीको कात्तिक २० गते बिहान ७२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

उनी पोखरा ५ मालेपाटनमा रहेको बाराही माविका सञ्चालक समितिका अध्यक्ष भएका थिए । अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य थिए ।

उनका धर्मराज अधिकारी, केशवप्रसाद अधिकारी, दामु अधिकारी, बुद्धिराज अधिकारी र ईन्दिरा अधिकारी गरी ५ जना सन्तान छन् ।

जेठा छोरा धर्म रेडक्रस सोसाइटी कास्की उपाध्यक्ष हुन् । दामु अधिकारी पोखरा उद्योग वाणिज्य संघका पूव अध्यक्ष हुन् ।
केशव यातायात व्यवसायी हुन् भने कान्छा बुद्धि इन्जिनियर हुन् । अधिकारीको सेतीको तुलसीघाटमा दाहासंस्कार भएको छ ।



Tags: