जात्रा हेरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक ३० गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

कात्तिक, ३० दार्चुला/ मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

म १ ज ३३८ नम्बरको बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

जीपमा सडक भन्दा निकै तल खसेको छ । रातिको समय भएकोले उद्धार कार्यमा कठिनाइ भएको थियो ।



Tags: