
रविलाई पोखरा ल्याउँदा कास्की प्रहरी कार्यालय अगाडीबाट ५ जना पक्राउ
पोखरा, ३० कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय कास्की लैजाँदै गर्दा नाराबाजी गर्ने ५ जना पक्राउ परेका छन् ।
रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ५ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन् ।
निषेधित क्षेत्रमा नाराबाजी लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो ।
मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पु¥याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि लगिएको थियो ।





