पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

पोखरा, २९ कात्तिक/ पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

तनहुँ प्रहरीले सुचना जारी गर्दै पोखरा–मुग्लिङ सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गर्न मंसिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको जनाएको छ ।

सडक राति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

यो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।



Tags: