
पोखरा फर्कने बेला कञ्चनपुरमा बसमा छुटेका मनिष, ५ दिन देखि सम्पर्क विहीन
पोखरा, २९ कात्तिक/ पोखरामा पढ्दै आएका मनिष दशैं तिहार मनाएपछि घर पथरीबाट पोखरा फर्कने बेला कञ्चनपुरमा बस खाना खान रोकिँदा झरेको र त्यहाँबाट छुटेछन् । ५ दिन देखी सम्पर्क विहीन छन् ।
आफै हराएको भन्नेमा परिवार शत प्रतिशत अस्विकार गरेको छ । पथरीमा १ घण्टा बस कुरेर काकडभिट्टाबाट आएको बस चढेका थिए ।
मोबाइल भोलिपल्ट बर्दिबासमा ट्रयाक भयो । परिवार खोजीका क्रममा त्यहीँ छन् । प्रहरी पनि अनुसन्धानमा छ । मनिष १२ कक्षा बढ्ने अब्बल विद्यार्थी हुन् ।
उनका कक्षाका साथीहरुसँग सोध्दा दशैं तिहार बिदामा सबै होमवर्क सिकाएर बसेको उनीहरु बताउँछन् ।
परिवारको आशंका छ, अपहरण भयो तर पैसाका लागि होइन । किनकि फिरौती भन्दै कल आएको छैन । मनिष झरे, बस छुट्यो । सीमा नजिकै छ, त्यस्तै खाले समूहले देख्यो, लग्यो । सबैलाई खोजीदिन परिवारले आग्रह गरेको छ ।
कसैले देखेमा नजिकको प्रहरी चौकीमा वा दाईलाई खबर गरिदिन आग्रह गरेको छ । Anish Bhandari 9827150889







