पोखराको पुम्दीमा बस दुर्घटना

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


पोखराको पुम्दीमा बस दुर्घटना

पोखराको पुम्दीमा बस दुर्घटना

पोखरा, २२ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपा नजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ ।

नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको रुखमा अड्किएको छ । बसमा सवार महिला ७ जना र पुरुष १७ जना गरी जम्मा २४ जना मध्ये २ जना घाईते भएका छन् ।

उनीहरुको नमस्ते अस्पताल बिरौटामा उपचार भएको छ । बसलाई क्रेनको सहायताले निकालीएको छ । घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने बर्ष १७ की सन्ध्या रसाईली र बर्ष १९ की मनिषा रसाईली रहेका छन् । ।



Tags: