पोखराका मेयर–उपमेयर विदेशमा, मोती कार्यबाहक मेयर

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


मोतिलाल तिमिल्सिना

मोतिलाल तिमिल्सिना

पोखरा, २० कात्तिक/ पोखरा महानगरका मेयर र उपमेयर अहिले विदेश भ्रमणमा छन् ।

मेयर धनराज आचार्य संयुक्त राष्ट्र संघको मानव बसोबास कार्यक्रमले आयोजना गरेको ‘दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल’ कार्यक्रममा भाग लिन इजिप्टको कायरोमा छन् भने उपमेयर मञ्जुदेवी गुरुङ पारिवारिक भ्रमणमा साइप्रस रहेकी छिन् ।

मेयर आचार्यले महानगरको प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनालाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।

तिमिल्सना श्रीमतीलाई अमेरिका जाँदा मेयर आचार्य पनि अमेरिका भ्रमणमा गएका थिए । त्यो बेला मेयर र प्रवक्तासमेत रहेका तिमिल्सिनाले अमेरिकामै औपचारिक कार्यक्रममा सँगै सहभागिता जनाएका थिए ।



Tags: