
झुटा लाञ्छना लगाएको भन्दै सूर्यदर्शन सहकारी पीडितको अपत्ती
पोखरा, २३ कात्तिक/ पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले रास्वपाका नेताहरुले झुटा लाञ्छना लगाएको बताएका छन् । पोखरामा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले सामाजिक सन्जाल र मिडियाहरुमा विना प्रमाण समाचार सम्प्रेषण गरिएको गुनासो समेत गरे ।
झुठा लान्छना लगाए, गलत किसिमका समाचार सम्प्रेषण गरेको भन्दै पारिवारिक जीवनलाई असर गरेको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । हाम्रो पछि लागेर यस्तो गतिविधि गर्दैगर्दा प्रमाण छ भने त्यो प्रमाणसहित ल्याउनु पर्ने उनको भनाई छ ।
सामाजिक सन्जालमा एउटा संघर्ष समितिको अध्यक्षसँग या संघर्ष समितिको बचतकर्तासँग पार्टी नै लागेको उनको भनाई छ । रास्वपाका आधिकारिक अकाउन्टबाट समेत भ्रम फैलाइएको भन्दै उनले त्यसविरुद्ध प्रहरीमा उजुरी गरेको जानकारी दिए ।
उनले विना आधार सामाजिक सन्जालमा हाम्रो चरित्र हत्या गर्ने काम गरेको बताए । संघर्ष समितिका अध्यक्ष श्रेष्ठले कांग्रेस, एमाले, रास्वपा लगायत दलहरु मिलेर जिबी राईलाई जोगाउन खोजेको आशंका समेत गरे । उनले पिडितलाई साइबर सेना लगाएर अझ हतोसायी बताएन लागेको बताए ।







