
दुर्घटना
पोखरा, २५ कात्तिक/ पोखरा ७ बुलौदीमा दुर्घटना भएको छ । जिरो किलोमिटरबाट हल्नचोक तर्फ जादै गरेको ग२२प ९८१ नम्बरको स्कुटर दुर्घटना भएको हो ।
स्कुटर आफै सडकमा लछारीएर करिब १० मिटर पर सम्म पुगेको थियो । स्कुटर चालक घाइते भएका छन् ।
उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।





