पाताले छाँग्रोमा स्थानीयको ताला
पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँग्रो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् ।
पोखरामा महानगरपालिकाले पाताले छाँग्राको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् ।
बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने बताउदै आएका छन् ।
महानगरले विद्यालय र स्थानीय सँग छलफल गरेर अगाडी बढ्नु पर्ने विद्यालयका प्रधानध्यापक डिल्लिराम भुसालले बताए । उनले डेभिज फल कै आम्दानीबाट १ सय जना भन्दा बढि शिक्षकहरुलाई विद्यालयले तलब दिने गरेको बताए ।
विद्यालयले बार्षिक करिब ४ करोड रुपैया आम्दानी गर्दै आएकोमा महानगरपालिकाले २ करोडमा ठक्का दिएको स्थानीयको भनाई छ । ‘हामी त्यसै आन्दोलनमा आएका हैन,’ स्थानीय देवराज आचार्यले भने ‘विद्यालयले वार्षिक ४ करोड कमाउदै आएको थियो, महानगरलपालिकाले २ करोडमा ठक्का दिएको छ ।’ उनले त्यस पैसा नगरबासि सबैको हो । ४ करोडको आम्दानीलाई २ करोडमा घटाउन पाइदैन ।