कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     असाेज २७ गते २०८१ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २७ असोज/ कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो ।

सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा दिएको छ । संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि गण्डकी सरकारले निर्णय गरेको थियो ।

कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।



Tags: