समाचार

पोखरामा पौडी खेल्ने क्रममा भारतीय पर्यटकको मृत्यु

पाैडी डुवेर
पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस स्थित रिसोर्टको पौडीपोखरीमा पौडी खेल्ने क्रममा एका जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारत उत्तर प्रदेश लखनउ घर भई पोखरा भ्रमण गर्न नेपाल आएका २३ बर्षीय देवान सिंह मृत्यु भएको हो । पानीमा डुबेको र निजको साथीले देखी तत्काल पानीबाट बाहिर निकाली उपचारको लागि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरेले मृत घोषणा गरेका थिए । मृतक शव मणिपाल अस्पतालमा पोष्टमार्ट गरेर उनको परिवारलाई बुझाएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखराको बगाले टोलमा खुकुरी प्रहार गरी श्रीमतिको हत्या

पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोलमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । अन्दाजी ४५ वर्षीय राधिका कुँवरलाई उनकै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरेका हुन् । पारिवारिक घर झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् । कास्की प्रहरीले हत्या आरोपमा जरसिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा
पोखरा, २५ भदौ/ पोखरामा सहकारी पीडितहरूले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै… पुरा पढौ

फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड

फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड
पोखरा, २४ भदौ/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा।लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो,… पुरा पढौ

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

सुरेन्द्रराज पाण्डे
पोखरा, २३ भदौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’ आईतवार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला विचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको… पुरा पढौ

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

राजमान थकाली
पोखरा, २२ भदौ/ सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । फोक्सामा सम्मस्या देखी पछि उपचार गर्दै आएको थिए । उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए । फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा… पुरा पढौ

पोउवासंघ लाई राम्रो बनाउन टिम चाहिन्छ, त्यो हामीले लिएर आएका छौंः अर्जुन पोखरेल

पोउवासंघ लाई राम्रो बनाउन टिम चाहिन्छ, त्यो हामीले लिएर आएका छौंः अर्जुन पोखरेल
पोखरा, २२ भदौ/ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग… पुरा पढौ

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम
पोखरा, २२ भदौ/ पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गर्नुभएको हो । दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै… पुरा पढौ

गण्डकी प्रदेशका सांसद दीपक मनाङेले अधिकार नदिए ४० दिनमा राजीनामा दिने

दीपक मनाङे
पोखरा, २२ भदौ/ गण्डकी सरकारका सांसद दीपक मनाङेले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकारी नदिए ४० दिन भित्रमा राजीनामा दिने घोषणा गरेको छन् । शुक्रबार प्रसारण भएको गण्डकी छड्केमा अपिल त्रिपाठी सगँ कुराकानी गर्दै ४० दिन भित्र राजीनामा दिने घोषणा गरेका हुन् । उनले केन्द्रसरकारले अधिकार नदिदा प्रदेश सरकारहरु प्रदेश सरकार जस्तो नभएको बताए । उनले प्रदेश सांसदको भन्दा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्षको अधिकारी बढी भएको बताए । गण्डकी प्रदेश सरकारमा बन मन्त्रालय पाएपछि अधिकार नभएको मन्त्रालयमा मन्त्री बन्दी नै… पुरा पढौ

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छः मुख्यमन्त्री पाण्डे

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छः मुख्यमन्त्री पाण्डे
पोखरा, १९ भदौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक… पुरा पढौ