
पाल्पाबाट पोखरा हुदै काठमाडौं हिडेको बस दुई दिन देखी सम्पर्कविहीन
पोखरा, १३ असोज/ पाल्पा अगाहाखोलाबाट पोखरा हुदै काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग२ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो ।
अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनीले प्रहरीले जानकारी गएका छन् ।
मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ । बसमा १८ देखि २० जना यात्रु रहेका थिए ।
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा बस पुरिएको अवस्थामा भेटिएका छन् । अहिले सम्म २९ जनाको शव गाडीबाट सुरक्षाकर्मीले निकालेका छन् ।





