नागढुंगामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

-


     क्लिक गण्डकी     
     असाेज १२ गते २०८१ मा प्रकाशित


नागढुंगामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

पहिरो

पोखरा, १२ असोज/ प्रहरीले नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।