
योगा
पोखरा, १७ असोज/ योग पर्यटन प्रवद्धनका लागि पोखरामा योगा महात्सको तयारी गरिएको छ । पोखराको भकुण्डे स्थित योगा रिट्रिट सेन्टरमा अक्टोरव १६ देखि १९ तारिख सम्म योगा महोत्सवको आयोजना हुन लागको हो ।
होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रट सेन्टरको आयोजनामा योग पर्यटन प्रवद्धनकालागि योगा महोत्सवको तयारी गरिएको हो । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातीप्राप्त योग विज्ञहरुको जमघट हुने आयोजक मनोहर श्रेष्ठले बताए ।
योगा महोत्सवमा स्वदेशी तथा विदेशी गरेर ३ सय जना सहभागी जनाउँने प्रतिवद्धता जनाए पनि विदेशबाट नेपाल आउने जहाज भाडा महंगो भएकोले विभिन्न देशका गरी ५५ विदेशी र नेपाली सहित १७० जनाको सहभागीता रहने उनले सुनाए ।
विभिन्न देशका १६ जना योग गुरु पनि योगा महोत्सव सहभागी रहने छन् । योगा रिट्रिट सेन्टरले सन् २००० देखि योगा पर्यटनको रुपमा योगा गराृउँदै विभिन्न क्षेत्रको पदयात्रा पर्यटकलाई लग्दै आएको पनि उनले बताए ।
योगको सुरु भएको देश नेपालमा योगा पर्यटनको सम्भावना भएर पनि त्यस अनुसार लाभ लिन नसकीएकोले योगा महोत्सवको आयोजना गरिएको आयोजक संस्थाकी लता तुलाचनले बताइन् । प्रकृति संरक्षण गर्दै योगा पर्यटनको प्रवद्धन गर्नु पर्नेमा उनले जोड दिइन् ।
नेपालमा आउने पर्यटकहरुमा धेरै पर्यटक हिमाली क्षेत्रको पदयात्राकालागि आउने भएकोले योगा पर्यटकको रुपमा पनि विभिन्न देशका पर्यटक आकर्षण गर्न सकिने अर्को आयोजक संस्था होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए । पोखरामा हुने योगा पर्यटनबाट पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले सुनाए ।





