पोखराको द स्केट पार्क प्रालिमा आगलागी

-


     क्लिक गण्डकी     
     असाेज २१ गते २०८१ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, २१ असोज/ पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति आगलागी भएका कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

द स्केट पार्क पोखरा ५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्कमा विद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट स्केट जुत्ता करिब ६५० थान, म्प्युटर ३ थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित ८ थान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको छ ।