सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगि आरोपमा १ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८१ मा प्रकाशित


लिला पछाई

लिला पछाई

पोखरा, १५ असोज/ पोखरा महानगरपालिका ४ नालाकोमुखमा कार्यालय रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको ठगि आरोपमा थप एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरेको आरोपमा ललितपुर १५ खुमलटार बस्ने ३२ बर्षीय लिला पछाई लाई पक्राउ गरेको हो ।

पछाईले सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी तीन करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गरेको आरोप छ ।

पछाईले सोमबार पक्राउ गरेर जिल्ला अदालबाट ४ को मिलान म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।