आज रातिदेखि डीभी फारम खुला (कहाँ गएर भर्ने)

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८१ मा प्रकाशित


आज रातिदेखि डीभी फारम खुला

डीभी

पोखरा, १६ असोज/ अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि दिने डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।
डिभीमा अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजे खुल्दैछ।

नोट: डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिन्छ। कृपया प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु होला। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । यसको आवेदन तपाईंले https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्नुहुन्छ।

थप जान्नुहोस्: travel.state.gov/dv

The 2026 Diversity Visa Program opens today at 9:45 p.m. Nepal time!

Note: DV selection is performed completely randomly from the eligible entries. There is only one entry allowed per person. You can submit your application at https://dvprogram.state.gov/ anytime between 9:45 PM Nepal time from October 2 to November 5.

To learn more, please visit travel.state.gov/dv