अबैध चाँदीका ६ किलो गरगहना सहित १ जना पक्राउ
पोखरा, १४ असोज/ कास्की प्रहरीले अबैध चाँदीका ६ किलो गरगहना सहित १ जनालाई पक्राउ गरेको छ ।
भारतिय नागरिकले अबैध रुपमा चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरीक हाल पोखरा महानगरपालिका नयाँबजार बस्ने ३५ बर्षीय चन्द्र भूषण प्रसादलाई पक्राउ गरेको हो ।
पछाडी भिरेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा चाँदीका गरगहना ५ किलो ६९० ग्राम सहित फेला पारेको हो ।
प्रमाण खुल्ने कुनै कागजात नभएको हुँदा निजलाई गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको छ।
बरामद सामानहरु
चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १४० थान,
झल्लार पाउजु १९२ थान
सादा पाउजु १२५ थान,
चन्द्रमा ५ थान,
साडी पिन ११ थान,
पाउजुको लक हुक ४९८ थान
जम्मा एकमुष्ट तौल ५ किलो ६९० ग्राम