
पोखराको लामाचौरमा ट्रक दुर्घटना हुदाँ पसल भित्र पस्यो
पोखरा, १० असोज/ भुर्जुङ्खोलाबाट पोखरा आउदै गरेको ट्रक पोखरा १६ लामाचौर पानी ट्याङ्कि अमला बिसौनी चौतारो चोकामा दुर्घटना भएको छ ।
भुर्जुङखोला बाट राती ३ बजे घार्मी हुँदै पोखरा आउदै गरेको कटिङ ढुङ्गा बोकेको ट्रक दुर्घटनामा परेको हो । ओभर लोड ट्रक अनियन्त्रित भइ आमा समुहको घरको पिल्लरमा ठोक्किन पुगि पुर्बितर्फ रहेको गोबिन्द बस्नेतको घरको सटरमा ठोक्किन पुगेको थियो ।
ग १ ख ५२५८ नम्बरको ट्रकले वसन्त खड्काले सञ्चालन गरेको फ्रेश हाउसमा क्षती पुगेको छ ।
चालक राजु गिरीको खुट्टा भाचिएको र लामाचौर मेट्रो प्रहरीले फिस्टेल अस्पतालमा पुर्याएको थियो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक र ढुङ्गा थप अनुसन्धानका लागि एक्याप पठाइने भएको छ ।





