
पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी
पोखरा, ७ असोज/ पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी भैरहेको छ । जिल्ला प्राशसन कार्यालय कास्की अगाडी रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले एकातिर प्रदर्शन गरेका छन् भने रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकार विरुद्ध नाराबाजी गरे ।
पोखरामा जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी गरे । सहकारीको पैसा गोर्खा मिडिया मार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेट अगाडी सहकारी पीडित र नजिकै सहिद चोकमा रहेको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरेका गरे । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछाने फसाउ लागेका बताएका छन् ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने रास्वपाका गण्डकी प्रदेश संयोजक योगराज पौडेलले बताए ।
गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर आइतबार पोखरा ल्याइएको छ । जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएर म्याद थप गराएको छ । रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी गरे ।
अहिले सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीको पैसा गोर्खा मिडियामा गएको र त्यसलाई अपचलन गर्ने काम रविले पनि गरेको पीडितहरुको आरोप छ । झन्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ देखिएको छ । सहकारीका अध्यक्ष जीबी राई, छवि र रविको संलग्नता रहेको पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठको आरोप छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको थियो ।





