कास्कीका प्रहरी प्रमुख फेरिए, मोहनको ठाउँमा श्यामबाबु

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८१ मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय कास्की

जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा, ८ असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।

उनको ठाउँमा श्यामबाबु ओलिया सरुवा भएका छन् । उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।

नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् ।

त्यसै गरी नेपाल प्रहरी प्रदेश कार्यालयक पोखरा कास्की अपराध अनुसन्धान शाखाका यादब ढकालको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ ।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।