टेवानद्धारा चौतारीहरु सरसफाइ

-


     क्लिक गण्डकी     
     असाेज ११ गते २०८१ मा प्रकाशित


टेवानद्धारा चौतारीहरु सरसफाइ

टेवानद्धारा चौतारीहरु सरसफाइ

पोखरा, ११ असोज/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विश्व पर्यटन दिवसको सन्दर्भमा बिहीबार पोखरा महानगरको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र वरपरका चौतारीहरुमा सरसफाइ गरेको छ ।

४५ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा टेवानका सदस्य र पदाधिकारीले चौतरीका फोहोर हटाएर सफा बनाएका हुन् । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्राध्यापक दीपेन्द्र पहारी कार्यक्रममा सरिक थिए ।

विश्व पर्यटन दिवस शुक्रबार विविध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । यसपालिको पर्यटनको नारा पर्यटन र शान्ति तय भएको छ ।

टेवान अध्यक्ष कमला गिरीले नेपालको विकास र समृद्धिको मुख्य आधार पर्यटन भएको भन्दै संस्थाले सामाजिक उत्तरदायित्व बोध गर्दै चौतारी सरसफाइ गरेको बताइन् ।