
सुदीप प्रधानांग र बालकृष्ण कोइराला
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् ।
उनले बालकृष्ण कोइरालालाई १ सय ३० मत अन्तरले हराए । सुदीप प्रधानांगले १ हजार १ सय ७७ मत प्राप्त गरे भने कोइरालाले १ हजार ४७ मत प्राप्त गरे ।
कोइराला अर्जुन पोख्ररेल प्यानलका उमेद्वार हुन् ।





